Monday, July 16, 2012

प्रकोपमा रक्की माउन्टेनले सहयोग गर्ने

साउन १, गोल्डेन, कोलोराडो- अमेरिकाको कोलोराडोमा रहेका नेपालीहरुको संगठन रक्की माउन्टेन फ्रेन्डस अफ नेपालले नेपालको प्राकृतिक प्रकोपमा आर्थिक तथा प्राविधिक सहयोग गर्ने भएको छ। रक्की माउण्टेन फ्रेन्डस अफ नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठ र नेपाल रेडक्रस सोसाइटीका उपाध्यक्ष अजितकुमार शर्मा रेग्मीबीच आइतबार एक नेपाली समूदायको जमघट तथा बनभोज कार्यक्रमका बीच यस्तो सहमति भएको हो । रेग्मीले नेपाल भुकम्पिय जोखिमका हिसाबले संवेदनशील
क्षेत्रमा रहेका कारण जतिबेला पनि ठूलो प्राकृतिक विपत्ती आउन सक्ने बताए ।

उनले जस्तोसुकै प्रकोपछिको उद्धारका लागि गैरआवासिय नेपालीहरुले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए । गृष्मकालीन जमघटको रुपमा हरेक वर्षको जुलाइमा मनाईदै आएको बनभोज कार्यक्रममा खेलकुद र निवन्ध प्रतियोगिताहरुमा उत्कृष्ट भएका नेपाली समूदायका बालबालिकाहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा सिटी अफ नर्थ ग्लेनकी मेयर जोयस डाउनिंगले स्थानीय सामूदायिक गतिविधिमा नेपालीहरु सक्रिय हुन थालेको बताइन् । उनले कोलोराडोमा रहेका नेपाली समूदायको विकासको लागि सहयोग गर्न तत्पर रहेको बताइन् । नर्थग्लेन रिक्रियशन सेन्टरमा आयोजना भएको उक्त जमघटमा करिब ३ सयजनाको उपस्थितिरहेको आरएमएफएनका अध्यक्ष सुरेन्द्र श्रेष्ठले बताए ।
as published in Nagariknews.com on 7/16/2012

No comments:

Post a Comment