ब्लगमा अब फोटो पनि
फोटोले बोकेको कथा र यसले भन्न खोजेको व्यथा । दृष्य भित्र लुकेको अव्यक्त कथा । अमूर्त र सामान्य हुँदा हुँदै पनि दृष्यले भन्ने कथा । दृष्य आफैमा एउटा कथा हो । यसलाई पलप्रतिपल र हर निमेश दौडिने समयले बुनेको हुन्छ । अझ भनौं समयको डोब फोटोले बोकेको हुन्छ । फोटोमा रंग हुन्छ, आकृति हुन्छ र त्यो भन्दा पनि बढि भावभंगीमा हुन्छन् । यसले भन्न खोजेको कुरा त्यस्तै वा फरक हुन्छ ।यो ब्लगले अब सपाट शब्दहरुलाई मात्र होइन फोटोकथालाइ पनि उत्तिकै स्थान दिनेछ ।
No comments:
Post a Comment