Saturday, January 10, 2015

सेलफोन फोटोग्राफी


घरबार विहिनहरुको तस्वीर राखिएको गल्लीबाट गुज्रिंदै एक ह्वीलचेयर प्रयोगकर्ता महिला । तस्वीरः दिनेश कार्की
 विश्वप्रसिद्ध हार्वड विश्वविद्यालयको गेटमा हिउँ परेको बेला फोटो खिचाउँदै पर्यटकहरु । तस्वीरः दिनेश कार्की
क्याम्ब्रिजस्थित एक चौरमा परेको हिँऊमा कुकुर डुलाईंदै । तस्वीरः दिनेश कार्की

पोखिएर घामको झल्ुका । चाल्र्स रिभरको किनारामा थुप्रिएको हिऊँमा अस्ताउँदो घामको किरण ठोक्किदा । तस्वीरः दिनेश कार्की

घरअगाडि थुप्रिएको हिउँ हटाउँदै क्विन्सी, म्यासाचुसेट्सका स्थानीय । तस्वीरः दिनेश कार्की

भ्वायलीन बजाएर पैसाको जोहो गर्दै दुइ बालबालिका । तस्वीरः दिनेश कार्की

क्वीन्सी, म्यासाचुसेट्समा एक विहानीमा उदाइरहेको घाम र वरपरको दृष्य । तस्वीरः दिनेश कार्की
  • दिनेश कार्की
  करिब तीन वर्षजति सामसुंग ग्यालेक्सी एस थ्री बोकें । जतिबेला त्यो फोन लिएको थिएँ एटिएनटीबाट तीन वर्षको सम्झौतामा, त्यतिबेला बजारमा भर्खर सामसुँगकै एस फोर र आइफोनको पनि चौथो संस्करण बजारमा आइसकेका थिए । अहिले बजारमा ग्यालेक्सीको पाचौं सँस्करण एसफाइभ आइसकेको छ  र एप्पलले पनि आइफोन सिक्स प्लस सम्म निकालिसकेको छ । समयको बहावसँगै प्रविधिको विकासले पनि रहरलाग्दो गरी चाल मार्दछ । त्यसैले प्रविधिहरु समयसापेक्ष हुन्छन् । ५०/५१ सालतिर काठमाडौंको हाम्रो घरमा एउटा फोन पनि थिएन । दूरसञ्चार सँस्थानलाई निवेदन दिएर बसेका थियौं । पालो चारपाँच वर्षपछि आउँछ भनिएको थियो । बुबाले शान्तिसेनामा लेबनन जाँदा मेड इन जापान लेखेको रिल हाल्नुपर्ने कोडाक क्यामेरा ल्याउनुभएको थियो । पारिवारिक जमघट, घुमफिर र चाडपर्व, विदाइ आगमनहरुमा त्यही क्यामरा प्रयोग हुन्थ्यो र फोटो खिच्न
जहिले पनि म अघि सर्दथें । डिजिटल क्यामेरा आउनुअघिको त्यो क्यामेरा एकदमै सादा खालको थियो ।
विरामीलेखाने जाउलो र थिन आरारुट विस्कुट जस्तो । विल्कुलै सादा । न फोकस, न डिस्प्ले र न मेटेर अर्को खिच्ने नैं सुविधा । अहिले हेरौं प्रविधि कस्तरी सामान्यिकरण भएको छ । फोन, क्यामेरा र भिडियो सम्वादको सुविधा एउटै बट्टामा । जति खिचे नि रिल सिध्धिने झन्झट नहुने, मजाले फोकस गरिगरी खिच्न पाइने ।

    ग्यालेक्सी एस थ्रीको प्रमुख विशेषता तस्वीरहरु राम्रो स्तरको खिच्नु पनि हो । मैंले असँख्य तस्वीरहरु उक्त फोनबाट खिचें । गुणस्तरीय फोटो खिचें खिचिन, त्यो अलग कुरा हो तर फोनबाटै भएपनि फोटो खिच्दा मलाई रमाइलो लाग्थ्यो । प्रकृति, सहर र भावनात्मक आवेगहरुको राम्रो साक्षी भने बन्न पाएँ फोटो खिच्न तल्लिन बन्दा । बिन्जू र साथीभाइसँग बाहिरफेरो कतै घुम्न जाँदा कहिलेकाही एकोहोरो फोटो खिचिरहँदा पछि पर्नु त सामान्य भइहाल्यो । खप्कीसमेत खानुपर्छ ।

     फोटोग्राफी आफैंमा एउटा ठूलो विधा हो । मोबाइलको लेन्सबाट प्राप्त हुने फ्रेममा विभिन्न आकृतिलाई समेटेर र वातावरणमा छरिएका विविध रंगलाई उतार्न मन लागिरहनु कतिपयका लागि हास्यास्पद लाग्ला । तर मलाई किन किन त्यसैमा रमाइलो लाग्छ । कहिलेकाहीं सोच्छु, सेलफोन वा क्यामेरा कुनै कम्पनीको, दृष्यहरु अर्कैका, आकृतिहरुमा पनि आफ्नो कुनै अधिकार छैन तैपनि किन दृष्य फ्रेममा राख्दा सृजनाकै आनन्द आउँछ ? अनी उत्तर पाउँछु त्यो सृजनाको आनन्द संयोजन र दृष्टीको कलामा बसेको हुन्छ । फोटोले दिने समाचारमूलक सन्देशको महत्व त इतिहाँसदेखी हालसम्म महत्वपूर्ण रहिआएको छ । राम्रो वस्तु पर्यो परेन वा सन्देशमूलक तस्वीर बन्यो त्यो विशाल विधाका लागि धेरै फोटाहरु सामाजिक सन्जालहरुमा शेयर गरें । फेसवुक, ट्वीटर र इन्सटाग्रामहरुमा पोष्टगरेका फोटोहरुबाट मलाई सन्तुष्टी मिल्यो । पेशागत रुपमा फोटो खिच्ने मान्छे होइन र न कुनै औपचारिकतालिम वा विषेश अध्ययन छ मेरो फोटोग्राफीसम्बन्धी ।
  •                    अमेरिकामा जति प्रेस स्वतन्त्रता छ, त्यती नैं यो देश नागरिकहरुको गोपनियतामा संवेदनशील छ । सार्वजनिक स्थानमा भएका बखत बाहेक अन्य व्यक्तिगत स्थानमा भएको बेलाको फोटो कसैले खिचेर व्यापारिक वा अन्य प्रयोजनका लागि प्रयोग गर्यो भने फोटोखिचिएको व्यक्तिले गोपनियता हनन् भएको भनेर मुद्दासम्म हाल्न पाउँछ । सार्वजनिक स्थलमा देखिएका भीडभाड र मानिसहरुका दृष्य भने खिच्न पाइन्छ । तर यस्तो फोटो पनि धेरै फोकस गरेर खिच्न बर्जित छ । सार्वजनिक स्थलमा खिचिएका फोटोहरुलाई आजभोलीस्ट्रीट फोटोग्राफीको नाम दिइन्छ र यस्ता फोटोहरु फोटोग्राफीसम्बन्धी सामाजिक सञ्जालहरुमा खुव प्रचलित छन् ।
  •  बोष्टनमा नाम चलेका स्ट्रीट फोटोग्राफरहरुमा नेपाली मूलका अमेरिकी फोटोग्राफर विमल नेपाल पनि पर्नुहुन्छ । फोटोग्राफीमा तिब्र लगाव र प्रेमले उहाँले छोटो अबधीमा नैं राम्रो चर्चा पाउन सफल हुनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेसवुक र ट्वीटर एकाउण्टमा बिमल नेपालद्धारा खिचिएको फोटो विना अनुमति छापिएपछि त झन् बिमल नेपाल दक्षिण एसियाका मुख्य छापा र पश्चिमा मिडियाहरु ब्लुमबर्ग र पेटापिक्सेल मार्फत थप चर्चित हुनुभयो । मोदीले कपीराइट कानुन उल्लंघन गरेका कारण उनलाई अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलाउनसक्ने सम्भावना अझै कायम छ । नागरिक  दैनिकका लागि मैंले लेखेको समाचारमा नेपालले मोदीसँग मुद्दा लड्नेबारे कानुन व्यबसायीहरुसँग परामर्स गरिरहेको र हार्वड विश्वविद्यालयको ल स्कूलसँग समेत छलफल भइरहेको बताउनुभएको थियो । सायद उहाँको कानुनी लडाईको तयारी अन्तिम चरणमा पुगिसकेको होला

              युवा जीवनको महत्वपूर्ण ९ वर्ष नेपाली पत्रकारितामा विताएको म फोटोको प्रभाववारे राम्रोसँग जानकार मात्र होइन प्रभावित पनि छु । फोटो सञ्चारको निकै शशक्त माध्यम हो । जहाँ शब्दहरुको जोर जोर चल्दैन त्यहाँ एउटै फोटोले अचूक प्रमाणको काम गर्छ । यहाँ प्रस्तुत तस्वीरहरु सामसुंग ग्यालेक्सी एसथ्री बाट  बोष्टनको सेरोफेरोमा दुइवर्ष अघी खिचिएका हुन् ।

No comments:

Post a Comment